पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओली र देउवाबीच “गोप्य भेट”


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेपछि हलचल मच्चिएको छ ।

Advertisement 1

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो बालुवाटारमा बोलाएर कांग्रेस सभापति शेरबहादुर देउवासँग झण्डै डेढ घण्टा भेटवार्ता गरे ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।

Advertisement 2


दिउँसो तीन बजे बालुवाटार छिरेका देउवा ४ः३० बजेपछि मात्रै बाहिरिएका थिए। डेढ घण्टाको भेटवार्तामा २५ मिनेट समय ओली र देउवा ‘वान टु वान’ छलफल भएको स्रोतको दावा छ । स्रोतका अनुसार आठ वटा मन्त्रालयसहित सत्ता सहकार्य गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले देउवासँग राखेका छन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सो भेटमा सत्ता सहकाय र संवैधानिक परिषद् र विश्वविद्यालयमा उपकुलपतिको नियुक्तीका विषयमा चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले नियुक्तीका विषयमा मिलेर जान सकिने बताएका थिए ।

प्रकाशित :२०७७ मंसिर ७, आईतवार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry