ज्योति विकास बैंकको ९५ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७ सूचीकृत

ज्योति विकास बैंक द्वारा निष्काशित १.५ रुपैयाँ अर्ब बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ।

Advertisement 1

आइतबार सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर छन् ।

अब सो ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । बैंकले एक हजार रुपैयौँ अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो।

प्रकाशित :२०७८ कार्तिक १५, सोमबार १०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम