बामदेवलाई गृहमन्त्री बन्न प्रस्ताव
बिहिवार सर्वाेच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट खारेज गरेको छ ।
‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले दायर गरेको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेसँगै उपाध्यक्ष गौतमका लागि संवैद्यानिक नियुक्ति खाने बाटो खुलेको छ ।
यता सर्वाेच्चले रिट खारेज गरेकै रात उपाध्यक्ष वामदेव गौतमको भैसेपाटीस्थित निवासमा अर्थमन्त्री विष्णु पौडेल र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेर भेटघाट गरेका छन् ।
स्रोतका अनुसार उनीहरुले गौतमलाई सरकारमा दोश्रो वरियताक्रम रहने गरी सरकारमा सामेल हुन प्रस्ताव गरिएको छ ।
उनीहरुले गृहमन्त्रालय कमाण्ड गर्ने गरी सरकारमा सामेल हुन प्रस्ताव गरेका हुन् ।
महासचिव बिष्णु पौडेलले त तपाई भन्नुहुन्छ भने म अहिले नै तपाईंको निम्ति अर्थमन्त्री छाड्न तयार छुसमेत भन्ने प्रस्ताव राखेका थिए ।
तर तर गौतमले अब जे जे निर्णय गर्नुपरे पनि व्यक्तिगत होइन पार्टीगत निर्णय बमोजिम नै हुनुपर्ने भन्दै आफ्नो धारणा सुनाएर पठाउनुभएको स्रोतको दाबी छ ।
यदी वामदेव गौतम गृहमन्त्री बन्न स्वीकार गरेको खण्डमा हालका गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालयतिर लगिनेछ।