सरकारले कोरोना उपचारको शुल्न लिन नपाउने

सरकारले कोरोना सम्पूर्ण उपचार निशुल्क गर्नुपर्ने भएको छ । कोरोनाको उपचार निशुल्क गर्नुपर्ने सर्वोच्च अदालतको असोज १५ गतेको फैसला नै अन्तिम हुने भएको छ ।

Advertisement 1

बिहीबार सर्वोच्च अदालतले सरकारको पुनरावलोकन लागि अनुमति नदिएसँगै अब सरकारले नै कोरोनाको उपचार खर्च बेहोर्नु पर्ने भएको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, सपनाप्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले उत्प्रेषण परमादेश जारी गर्दै पुनरावलोकन अनुमति नहुने फैसला गरेको हो ।

Advertisement 2

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिएका थिए ।

मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानूनसम्मत रहेको दाबी गर्र्दै आदेश बदर गर्न माग गरेको थियो ।

Advertisement 3

अघिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षणको निशुल्क गर्न परमादेश जारी गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले भने निशुल्क परीक्षण गर्न राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनु परेको बताएको थियो ।

प्रकाशित :२०७७ कार्तिक २०, बिहीबार १५:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry