प्रधानमन्त्रीलाई यातायात व्यवसायीको ७ बुँदे ज्ञापनपत्र

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले विभिन्न सात बुँदे माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघका पदाधिकारीहरुले आज सिंहदरबारमा पुगी अर्थ,भौतिक पूर्वाधार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आफ्नो सात बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको हो । टोलीले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी यातायातको समस्या सामाधानको सम्बन्धमा आफ्नो ७ बुँदे ज्ञापन पत्र बुझाएका् छ ।

Advertisement 1

No description available.
ज्ञापनपत्रमा कोरोनाका कारण सबैभन्दा जोखिमपूर्ण यातायात क्षेत्रका व्यवसायी,मजदुर र कर्मचारीलाई तत्काल खोपको व्यवस्था गर्नुपर्ने,भाडा समायोजन गर्नुपर्ने,पुनतालिकिकरणको ६ महनिासम्म ब्याजमात्र तिर्ने व्इवस्था मिलाउनुपर्ने, २० बर्षे गाडी विस्थापन नीतिले व्यवसायी समस्यामा परेको कारण ५ बर्ष समय थप गरिनुपर्ने,बीमा सम्बन्धमा,सडक कानुन र नवकीरणको सन्र्दभमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

No description available.
उनीहरुले आफ्नो ध्यानाकर्षणसहित ५ बुँदे आगामी कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । महासचिव भरत नेपालका अनुसार,आज र भोली ज्ञापन पत्र बुझाउने,असार २९ र ३० गते सरकारका निकायमा धर्ना दिने लगायतका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

Advertisement 2

No description available.

प्रकाशित :२०७८ असार २४, बिहीबार १७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry