उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

वीरगञ्ज। उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ।
Advertisement 1
आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये २ हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो। दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल ८ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए। जसमध्ये आव २०८२/०८३ मा ५ हजार ८४६ मुद्दा फछ्र्योट भएका छन्।
उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१.०८ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ।
Advertisement 2
आव २०८०/०८१ मा ८ हजार मुद्दामध्ये ४ हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये ४ हजार ७३५ थान मुद्दा फछ्र्योट गरिएको थियो।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका ९८७, १ वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिए।








