मन्त्री सीताको ममता: १५ दिने शिशुलाई गराइन् स्तनपान

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले जन्मेदेखि नै आमाको दूध खान नपाएकी १५ दिनकी एक नवजात शिशुलाई स्तनपान गराएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।

Advertisement 1

उद्धारपछि संरक्षणमा रहेकी ती शिशुले जन्मिएदेखि आमाको दूध पाउन नसकेको अवस्थामा मन्त्री बादीले मातृत्वको भावनासहित स्तनपान गराएको दृश्यले धेरैको मन छोएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री बादीको मानवीय व्यवहारको प्रशंसा भइरहेको छ।

धेरै प्रयोगकर्ताले “पदभन्दा ठूलो आमाको माया”, “मानवताभन्दा माथि केही छैन” भन्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। मन्त्री बादीको यो कदमलाई पद र जिम्मेवारीभन्दा माथि उठेर देखाएको मानवीय संवेदनशीलताको उदाहरणका रूपमा हेरिएको छ।

Advertisement 2

आमाको माया र स्नेहले भरिएको उक्त दृश्यले सामाजिक सञ्जालमा भावुक प्रतिक्रिया बटुलिरहेको छ।

प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry