रास्वपा बैतडीको सभापतिमा नाथ

बैतडी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन्।
Advertisement 1
प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा उनी सभापतिमा दोहोरिनुभएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए।
यस्तै, उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्। सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउद चयन भएका छन्। कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ।
प्रकाशित :२०८३ जेष्ठ २४, आईतवार १३:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








