गृह बाहेक अरु महत्त्वपूर्ण मन्त्रालय माग्न महन्थ हिडे बालुवाटार

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले सरकारीमा जाने तयारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तालाई पनि निरन्तरता दिएका छन् ।

Advertisement 1

अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओली आजपनि छलफल गर्दैछन् । जसपाको ठाकुर पक्षका शीर्ष नेताहरुबीच हिजो पनि छलफल भएको थियो । आजको छलफलमा सहमति जुटेमा मन्त्रीहरुको सपथ आजै गराउने तयारी छ । भेट गनुर््को कारण भने ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

Advertisement 2

जसपा नेताहरूसँग सोमवार भएको छलफलमा पूर्व माओवादी खेमाले सम्हालेका मध्ये गृह बाहेकका मन्त्रालय लिने सहमति भएको नेताहरूले बताएका छन् ।

 

प्रकाशित :२०७८ जेष्ठ २१, शुक्रबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry