केही मन्त्रालय फुटाएर आज भोलीमै मन्त्रीमण्डल पुर्नगठनको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरेका छन् । यस्का लागि आज बिहान उनले पार्टीका अर्काे अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।
Advertisement 1
त्यस्तै दुवै अध्यक्षबीच पहिलो मन्त्री नभएका सांसदलाई मन्त्री बनाउने विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए । उनकाअनुसार धेरैपटक सांसद भएका तर, मन्त्री बन्न नपाएकाले योपटक मौका पाउनेछन् ।
यता मन्त्रिपरिषद् बिस्तार गर्दा केही मन्त्रालय टुक्राउने तयारी भइरहेको छ ।
खर्च पुनरावलोकन आयोगले संघमा मन्त्रालयको संख्या घटाएर १६ वटासम्म कायम गर्ने सुझाव दिँदै आएको भए पनि भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर २५ वटासम्म पुर्याउने तयारी चल्दैछ । ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बन्नसक्ने छ । हाल २१ मन्त्रालय छन्। संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ। अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय मन्त्रीविहीन छन्। यस्तै यी मन्त्रालयहरु टुक्राइएको खण्डमा अरु तीन नयाँ मन्त्री बन्नेछन् । यता सरकारले नयाँ मन्त्रालयको रुपमा रेल र पानीजहाज मन्त्रालय स्थापना गर्ने तयारी थालेको नेकपाका एक नेताले सुनाए । अहिले वालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिहरेको छ । आज आइतबार अकस्मात मन्त्रिपरिषद्को बैठक डाकिएको छ । सम्भवत मन्त्रालय फुटाउने बिषय छलफल हुनसक्ने एक मन्त्रीले सुनाए । उनका अनुसार केही मन्त्रालयहरु फुटाएर रेल तथा पानीजहाज मन्त्रालय बनाउने तयारी चल्दैछ ।नेकपा निकट स्रोतका अनुसार यो मन्त्रालयको जिम्मेवारी महेश बस्नेतले पाउने प्रवल सम्भवना छ ।