उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
Advertisement 1
आज प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।
उनले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या र सङ्घर्षलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
Advertisement 2
नेता कार्कीले नेपालमा रातो झन्डाका नाममा विचार र मूल्यको दुरुपयोग भएको टिप्पणी गर्दै पार्टी पङ्क्तिलाई त्यसप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरे। “रातो झन्डा केवल प्रतीक होइन, यो श्रमिक, किसान र उत्पीडित वर्गको सङ्घर्षको चिह्न हो,” उनले भने, “यसको मर्म बिर्सेर गरिने राजनीति समाज रूपान्तरणको बाटो होइन।”
्भेलामा पार्टीको सङ्गठन सुदृढीकरण, वैचारिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो।














