एमाले महाधिवेशनः मतगणना सुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ।
Advertisement 1
महाधिवेशनस्थल भृकुटीमण्डपमा १०:०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनले मतगणना सुरु भएको ३ घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए। आज बिहान सम्पन्न मतदानमा २ हजार २२७ जनाले मतदान गरेका र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए।
प्रकाशित :२०८२ पुष ३, बिहीबार १०:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













