नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ।
Advertisement 1
सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ। सम्झौता भएको मितिबाट ३ महिनासम्म अवधि कायम रहने जनाइएको छ।
प्रकाशित :२०८२ असार ९, सोमबार १६:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%