नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.७८ अङ्कले बढेर २ हजार ६००.७६ को बिन्दुमा कायम भएको हो।
Advertisement 1
आज ३ सय २५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा विकास बैंक ०.०९, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.६१, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.१९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह २.२० प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.१५, वित्त ०.७२, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.४२, लगानी ०.३७ र लघुवित्त समूह ०.०१ प्रतिशतले बढेको छ।
Advertisement 2
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको ८ लाख ३१ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ।