सभामुख घिमिरेसँग रास्वपाका नेताहरूको भेटवार्ता

काठमाडौं। सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गरेका छन्।

Advertisement 1

सभामुखको सरकारी निवास बालुवाटारमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार भेटमा सभामुखले संसद्मा अवरोधभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए।
सो अवसरमा सभामुख घिमिरे भने, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो, बजेटबारे व्यापक छलफल गर्नुपर्नेछ, बनेटलाई समृद्ध बनाउने बेला संसद् अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ, विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ तर, अब रोक्ने अवस्था छैन।’

संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कुरा सुनाए।

प्रकाशित :२०८२ असार २, सोमबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry