प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन्।

Advertisement 1

प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहमा ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिने मन्त्री पौडेलले घोषणा गरेका हुन्।

उनका अनुसार सशर्त अनुदानअन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको हो। बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १५:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry