यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ।

Advertisement 1

युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।
त्यसैगरी, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ७५ पैसा र बिक्रीदर २० रुपैयाँ ८४ पैसा तोकिएको छ।

Advertisement 2

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल १ को खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित :२०८२ बैशाख ५, शुक्रबार ०७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry