“पहिला अक्सिजन सिलिन्डर, भेन्टिलेटर जोहो गरौं, राममन्दिर, धरहरा बनाउँदै गरौंला”

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताएका छन् ।
उनले सरकारको पहिलो प्रथामिकतामा जनताको जीवन रक्षा पर्नुपर्ने बताएका छन् । अहिले सरकार अरू नअलमलिएर अस्पतालमा अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री युद्धस्तरमा जोहो गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका छन्।

Advertisement 1

‘कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं।’ सरकारलाई सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर, पशुपतिका गजुर, भ्युटावर,धरहरा बनाउँदै गरौंला !’

प्रकाशित :२०७८ बैशाख १२, आईतवार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry