कुलमानबारे संसद्मा प्रधानमन्त्रीको जवाफ ‘अदालतमा विचाराधीन विषयमा चर्चा नगरौं’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तमा परेका प्रबन्ध निर्देशक कुलमान घिसिङबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिएका छन्।

Advertisement 1

गत सोमबार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाइएको थियो। त्यसबारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीलगायतले संसद् बैठक अवरुद्ध गर्दै आएका थिए।

त्यही सन्दर्भमा प्रधानमन्त्री ओलीले सोमबार संसद्मा जवाफ दिँदै ओलीले पछिल्लो समय उक्त विषय अदालतमा पुगिसकेकाले धेरै चर्चा गर्नुनहुने जवाफ दिए। घिसिङले आफूलाई सरकारले हटाएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन्।

Advertisement 2

अदालतमा विचाराधीन मुद्दामा चर्चापरिचर्चा विधिसम्मत नहुने प्रधानमन्त्री ओलीले बताए। ‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे चित्त नबुझे कानुनी उपचारको हक भएकाले अदालतमा विचाराधीन विषयमा चर्चा गर्न तर्कसम्मत हुँदैन।’

एक जना कर्मचारीको विषयमा अनावश्यक प्रश्न उठाएर सदन अवरुद्ध गरी संसदीय कार्यमा बाधा पार्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित :२०८१ चैत्र १८, सोमबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry