नेप्सेको सीईओका लागि ५ जना शर्टलिस्टमा

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि गठित समितिले ५ जनाको नाम शर्टलिस्टेड गरेको छ। समितिले आइतबार एक सूचना जारी गर्दै अन्तर्वार्ताका लागि ५ जनाको नाम सिफारिस गरेको हो।
Advertisement 1
यसअघि आवेदन आह्वान गरिएअनुसार आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ। जसअनुसार चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल अन्तर्वाताका लागि छनोट भएका छन्।
छनोटमा परेका पाँचै जनालाई बुधबार बिहान कार्ययोजनासहित अर्थ मन्त्रालयमा बोलाइएको छ। यसअघि अर्थ मन्त्रालयले फागुन १२ गते नेप्सेको सीईओ नियुक्तिका लागि आवेदन माग गरेको थियो।
Advertisement 2
प्रकाशित :२०८१ चैत्र ३, आईतवार ११:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%