भ्रष्टाचारमा लिप्त कर्मचारीको बचाउमा गगन थापा!

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको संरक्षण हुने गरी अभिव्यक्ति दिएका छन्। नेपाल विद्युत् प्राधिकरणभित्रका गैरकानुनी र अवैध गतिविधिबारे राम्ररी जानकार थापाले त्यसको बचाउ गर्दै अभिव्यक्ति दिएका हुन्। नेपाल विद्युत् प्राधिकरणभित्र भइरहेका गैरकानुनी काम रोक्न सरकारले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण माग गरेको छ।
Advertisement 1
स्पष्टीकरणमा माग गरिएका विवरण विभागीय मन्त्रालयलाई नै उपलब्ध गराउन अस्वीकार गरेपछि घिसिङलाई सरकारले हटाउने तयारी गरेको छ। विभागीय मन्त्रालय मातहतको कर्मचारीको नाताले घिसिङले मन्त्रालयमा प्राधिकरणका गतिविधिबारे जानकारी गराउनुपर्ने हो। तर, मन्त्रालयलाई जानकारी नगराइ आफूखुसी गैरकानुनी गतिविधिमा लिप्त रहेका घिसिङसँग मन्त्रालयले विवरण माग गर्दा पनि विवरण उपलब्ध गराएनन्। उल्टै विभागीय मन्त्रालयलाई विवरण माग गर्नसक्ने अधिकार नरहेको भन्दै चुनौती दिन थाले।
त्यसपछि पछिल्लो समय मन्त्रिपरिषद्बाटै निर्णय गराएर ३ दिनभित्र सफाइ पेश गर्न घिसिङलाई मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको उक्त निर्देशनको विरोध गर्दै नेपाली कांग्रेसका महामन्त्री थापाले अभिव्यक्ति दिएका हुन्। उनले सिन्धुली क्षेत्र नम्बर १ को पार्टी सम्मेलनलाई सम्बोधन गर्दै शनिबार सरकारले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई हटाउन नहुने बताएका हुन्।
Advertisement 2
उनकै पार्टीका नेता दीपक खड्का ऊर्जा मन्त्री छन्। मन्त्री खड्का नेतृत्वको मन्त्रालयलाई प्राधिकरणले सहयोग गरिरहेको छैन। प्राधिकरणभित्रका खरिदका कार्यमा अनियमिततालगायत कारण मन्त्रालय र प्राधिकरणबीच तिक्ताता बढ्दा विद्युतीय पूर्वाधार बन्धक बनेका छन्। साथै पछिल्लो समय कांग्रेस नेतृत्वकै मन्त्रालयलाई चरम असयोग गरिरहेका बेला मन्त्रालयले कुलमानलाई हटाउने तयारी गरेको छ। कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्ने कर्मचारी चाहने र सहयोग नगर्ने कर्मचारीलाई सरुवा गर्न चाहन्छन् र त्यो कानुनी अधिकार मन्त्रीलाई हुन्छ। त्यसैअनुसार मन्त्री परिवर्तन भएपछि सो मन्त्रालय मातहका सचिव, सहसचिव मन्त्री अनुकुल परिवर्तन हुँदै आएका छन्।
तर, कुलमान घिसिङले आफ्ना गैरकानुनी गतिविधि ढाकछोप गर्न लोकप्रियताको आड लिइरहेका छन्। लोकप्रियताकै आडमा मिडियाबाजी बढी र सरकारलाई सहयोग कम गर्न थालेपछि सरकार कुलमानलाई हटाउने तयारीमा पुगेको हो।
त्यही बेला जिम्मेवार पार्टीका कांग्रेस महामन्त्री थापाले उनको बचाउमा अभिव्यक्ति दिएका छन्। कुलमानलाई सरकारले मात्रै हटाउन चाहेको छैन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा समेत कुलमान तानिएका छन्। त्यहीबेला जिम्मेवार पार्टीका महामन्त्रीले उनको बचाउ गरिरहेका छन्। कतिपयले प्राधिकरणका गैरकानुनी हर्कतको बचाउ गगन थापाले गर्नुपर्ने अवस्था आउनुले नै प्राधिकरणभित्र झांगिएको भ्रष्टाचार पुष्टि हुने टिप्पणी गरेका छन्।
Advertisement 3
केके गरे प्राधिकरणमा कुलमानले
पहिलो कार्यकालमा लोडसेडिङ व्यवस्थापन गरेकै कारण उनले दोस्रो कार्यकालमा नियुक्ति पाएकोमा कुनै दुइमत छैन। उनले दोस्रो कार्यकालमा नियुक्ति पाउनुमा सर्वसाधारणले समेत सडकबाट दबाब दिएका थिए। तर, त्यसको फाइदा उठाउँदै घिसिङले दोस्रो कार्यकालमा आफ्ना स्वार्थपूर्ति नभएसम्म खरिदका काम रोक्ने गरेका छन्। कतिपय दुर्गम जिल्लामा निर्माण गरिने विद्युतीय पूर्वाधार निर्माणमा कुलमान घिसिङकै कारण ढिलाइ भएको छ। सधैं नाफा नाफा… भन्दै सञ्चारमाध्यमहरुमा विज्ञप्ति पठाउने प्राधिकरणले उनको दुई कार्यकालभरि सरकारी ऋण तिरेको छैन। गत असारभित्र तिर्नुपर्ने ऋण मात्रै १ खर्ब २४ अर्ब रुपैयाँ नाघेपछि बल्ल गत माघमा १ अर्ब रुपैयाँ प्राधिकरणले तिरेको छ। पछिल्लो समय गैरकानुनी हर्कत बाहिरिन थालेपछि कुलमान झनै आत्तिएका छन्। जसका कारण उनी गुण्डागर्दी शैलीमा आफ्नै कर्मचारीमाथि हातपातमै उत्रिन्छन्।
कुनै पनि सरकार हुँदा एउटा राष्ट्र सेवक कर्मचारीले सरकारलाई सघाउनुपर्ने दायित्व हुन्छ। तर, घिसिङले अहिलेको सरकारलाई सहयोग नगरेको जगजाहेर छ। डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादमा लेखा समितिले मागेको विवरण गञ्जागोल हुनेगरी मागभन्दा बढी कागजात बोरामा उपलब्ध गराएर संसदको अपमान हुने हर्कत कुलमानबाट भएको छ।
प्राधिकरणभित्रका कर्मचारीहरुबीचमै विवाद हुनेगरी आफ्ना नजिकका कर्मचारीलाई भत्ता पाउने आकर्षक ठाउँमा सरुवा गर्ने गरेका छन्। त्यतिमात्रै होइन, कुलमानका गैरकानुनी गतिविधिमाथि प्रश्न उठाउने कर्मचारी ‘काजक्रिया’मै भए पनि घरपायकभन्दा टाढा सरुवा गरेका छन्।
विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ
२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’
२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी
२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया
२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी
कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?
कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन
कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?
लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा
कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ
कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक
२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक
अनियमिततामा फस्नसक्ने कुलमानका सारथी
चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग
‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’
२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने
कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’
रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान
कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन
चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण
कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार
पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे
कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश
कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत
सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!
ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने
ऊर्जा क्षेत्रको विकृति : स्वार्थ हाबी हुँदा बन्धक पूर्वाधार, मन्त्रीका कारण कांग्रेस बदनाम!
कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’
‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’
नाफाको निरन्तर हल्ला फैलाउने विद्युत् प्राधिकरणको ऋण नै पौने ३ खर्ब
संसद्मा ऊर्जा मन्त्रीको प्रश्न : कुलमान कानुनभन्दा माथि हो?