आयोडिनयुक्त नुनको बढी उपभोगले नसर्ने रोगको जोमिख

काठमाडौं। आयोडिनयुक्त नुनको उपभोग बढी हुँदा नसर्ने रोगको जोखिम हुने सरोकारवालाहरुले औंल्याएका छन्। मंगलबार राष्ट्रिय उपभोक्ता मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरुले शरिरमा आयोडिनको मात्रा बढी भएमा नसर्ने रोगको जोखिम हुने भएकाले शरिरमा आयोडिनको मात्रा सन्तुलित हुनुपर्ने बताएका हुन्।
Advertisement 1
आयोडिनको मात्रा सन्तुलित बनाउन आयोडिनयुक्त नुनको उपभोग सन्तुलित रुपमै हुनुपर्ने विज्ञहरुले औंल्याएका हुन्। मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिदिन ५ ग्राम मात्रै आयोडिनयुक्त नुनको उपभोग गरिनुपर्नेमा विज्ञहरुको जोडि थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बालपोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाली उपभोक्ताले आवश्यकता भन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन खाँदा नसर्ने रोगको प्रकोप बढेको पाइएको जानकारी गराए। उनले आवश्यक मात्रामा मात्रै आयोडिनयुक्त नुन उपभोग गर्नुपर्ने अभियान चलाउनु आवश्यक रहेको औंल्याए।
Advertisement 2
उनका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेको अध्ययनले नेपालमा आयोडिनयुक्त नुन उपभोग दैनिक १० ग्रामसम्म हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार प्रत्येक व्यक्तिले प्रतिदिन ५ ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्ने भएकाले नेपालीले उपभोग गर्ने १० ग्रामसम्मको मात्रा बढी भएको थापाको भनाइ थियो।
त्यस्तै खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका नायब महानिर्देशक शोभाकान्त रिजालले आयोडिन बढी हुँदा निम्तिने जोखिमबारे सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए। त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले प्रत्येक दिन शरिरलाई आवश्यकपर्ने नुन तथा आयोडिनबारे उपभोक्ताले नै सचेत हुनुपर्ने बताए।
Advertisement 3
प्रतिनिधि सभाको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले डब्लुएचओको मापदण्डका आधारमा आयोडिनको मात्रा तोकिनुपर्ने बताए। राष्ट्रि उपभोक्ता मञ्चले फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’को सन्दर्भ पारेर मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो।