बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले शुक्रबार बिहानैदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Advertisement 1

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धनको प्रतिलिटर ६ रुपैयाँले बढाएको हो।

Advertisement 2

नयाँ मूल्यअनुसार पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १६७ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १६० रुपैयाँ पुगेको छ।

प्रकाशित :२०८१ माघ १८, शुक्रबार २०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry