कृषिउपज संकलन केन्द्र प्रयोगविहीन

नवलपरासी। ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज संकलन केन्द्र प्रयोगविहीन भएको छ।

Advertisement 1

सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन बनेको हो। केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ। प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज संकलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा १५ लाख रुपैयाँ लागतमा संकलन केन्द्र निर्माण गरेको हो। यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताए।

Advertisement 2

प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ।

प्रकाशित :२०८१ माघ १८, शुक्रबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry