स्थानीय तहसँग उद्योग मन्त्रालयले माग्यो गरिबी निवारण कार्यक्रमको प्रगति

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय तहहरुसँग गरिबी निवारण कार्यक्रमको प्रगति विवरण माग गरेको छ।

Advertisement 1

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुबाट गरिबी निवारणको प्रगति विवरण माग गरेको हो।

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुका नाममा परिपत्र गर्दै उक्त विवरण उपलब्ध गराउन भनेको छ।

Advertisement 2

‘गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमका लागि नेपाल सरकारबाट उपलब्ध गराइएको सशर्त अनुदानको प्रगति विवरण र हाल कार्यरत उद्यम विकास सहजकर्ताको नाम, थर, सम्पर्क नम्बर र नियुक्ति मिति सम्बन्धि विवरण पठाइ सहयोग गरिदिन आदेशअनुसार अनुरोध छ,’ सामान्य प्रशासनको परिपत्रमा भनिएको छ।

Advertisement 3

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत आइतबार सामान्य प्रशासन मन्त्रालयमा उक्त विवरणका लागि स्थानीय तहहरुसँग समन्वय गरिदिन माग गरेको थियो।

प्रकाशित :२०८१ माघ १७, बिहीबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry