९ सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबारसुनको मूल्य ९ सय रुपैयाँ घटेको हो।
Advertisement 1
मंगल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा भएको थियो।
मंगलबारका लागि चाँदीको मूल्य १८ सय ३५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला १८ सय ५० रुपैयाँमा भएको थियो।
प्रकाशित :२०८१ माघ १५, मंगलवार १०:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%