आइतबार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो।

Advertisement 1

आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै शुक्रबार चाँदीको कारोबार प्रतितोला १८ सय ८० रुपैयाँका दरले भएकोमा आइतबार १८ सय ८५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ माघ १३, आईतवार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry