१२ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँका दरले बढेको हो।
Advertisement 1
बुधबार प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै बुधबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला १८ सय ८० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ माघ ३, बिहीबार १०:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%