विद्युत् प्राधिकरण सञ्चालक समितिमा पुन र आचार्यको ठाउँमा नयाँ सदस्य नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा २ जना नयाँ सदस्य नियुक्त गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यको स्थानमा नयाँ सदस्य नियुक्त गरेको हो।

Advertisement 1

दुवै जनाको स्थानमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. बलबहादुर केसी पराजुली र लक्ष्मण केसीलाई नियुक्त गरिएको हो। पुन र आचार्यको कार्यकाल मंगलबार मात्रै सकिएको थियो।

यसअघि दुवै जनाले सरकारलाई असहयोग हुने गतविधि गर्दै आएका थिए। सरकारलाई असहयोग हुने गतिविधि गर्दै आएका भन्दै गत साउनमा दुवै जनालाई सञ्चालक सदस्यबाट सरकारले हटाएको थियो।

Advertisement 2

पछि सर्वोच्च अदालतबाट आदेश भएपछि दुवै जनाको पद थमौती भएको थियो।

प्रकाशित :२०८१ पुष ३, बुधबार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry