२ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ। मंगलबारको तुनामा बुधबार सुनको मूल्य बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँका दरले भएको हो। बुधबारका लागि चाँदीको मूल्य यथावत् राखिएको महासंघले जानकारी दिएको छ।
Advertisement 2
चाँदीको कारोबार पछिल्लो २ दिनयता १९ सय २५ रुपैयाँ प्रतितोलाका दरले भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ मंसिर २६, बुधबार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%