कुलमानको अटेरी कायमै : आफू न्याकिने डरले सरकारलाई बुझाएनन् ठेक्का विवरण, ६ बुँदेमा पनि चुप

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नीति, नियम, कानुन, विधि, प्रक्रियाका साथै माथिल्लो निकायलाई गर्ने अटेरी कायमै राखेका छन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रचण्डको निर्देशनबाहेक नीति, नियम, विधि प्रक्रिया नमानेका घिसिङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माथिल्लो निकायमाथिको अटेरी कायमै राखेका हुन्।

Advertisement 1

सरकारले प्राधिकरणबाट १५ दिनभित्र उपलब्ध गराउनू भनेको विवरण १ महिनाभन्दा बढी समय नाघिसक्दासम्म नबझुाएपछि घिसिङको अटेरी कायमै रहेको पुष्टि भएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले गत असोज २२ गते प्राधिकरणबाट पछिल्लो ४ वर्षयता भएका ठेक्कालगायतको १५ बुँदे विवरण्मा माग गरेको थियो। १५ दिनभित्र बुझाउन निर्देशन दिइएको उक्त विवरण बुझाउने अन्तिम म्याद कार्तिक ७ गते थियो।

Advertisement 2

सो मितिभित्र विवरण बुझाउन नसकेपछि घिसिङले थप १५ दिनको समय माग गरेका थिए। सोअनुसार कार्तिक २२ गतेभित्र घिसिङले ऊर्जा मन्त्रालयमा सो विवरण बुझाउनुपर्ने हो। तर, मंगलबार (२७ कार्तिक) बिहानसम्म पनि मन्त्रालयमा विवरण बुझाएका छैनन्। कार्तिक ७ गते थप समय माग गर्नुबाहेक मन्त्रालयमा कुनै पनि विवरण नबुझाएको मन्त्रालय विश्वस्थ स्रोतले जानकारी दिएको छ।

प्राधिकरणबाट कामकारबाही हुनुपर्ने ठेक्कामा कुलमानले कानुनविपरित मनपरी गरेकाले सरकारले न्याक्नसक्ने देखिएपछि घिसिङले ठेक्कालगायतको १५ बुँदे विवरण नबुझाएको हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ।

Advertisement 3

त्यति मात्रै होइन, मन्त्रालयले यही कार्तिक १२ गते माग गरेको ६ बुँदे विवरणमा पनि कुलमान चुप छन्। मन्त्रालयले कार्तिक १२ गते साञ्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनासम्बन्धी विवरण माग गरेको छ। त्यसैमा मन्त्रालयले प्राधिकरण सञ्चालक समितिले घिसिङलाई प्रत्यायोजन गरेको अधिकार, सञ्चालक समितिका विभिन्न मितिका निर्णय, डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धीलगायत ६ बुँदे विवरण मागेको छ।

उक्त विवरणबारे पनि घिसिङले सोमबारसम्म कुनै प्रतिक्रिया नदिएर चुप बसेका छन्। ‘दुईदुई पटक विवरण माग गर्दा पनि प्राधिकरणबाट आएको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ (घिसिङ)ले किन अटेरी गरिरहनुभएको हो थाहा भएन। उहाँलाई नै थाहा हुने कुरा भयो। विवरण नितान्त एमडीसँगै सम्बन्धित हो। उहाँलाई नै थाहा हुने कुरा हो।’

यस विषयमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले कुनै प्रतिक्रिया दिन चाहेनन्। घिसिङले ठेक्का तथा विभिन्न खरिद प्रक्रियामा गरेको कानुनविपरितका काम मिलेसम्म सच्याउन लागेकाले मन्त्रालयमा विवरण बुझाउन ढिलाइ गरेको मन्त्रालय स्रोतको बुझाइ छ।

आफूले गरेका कानुन विपरितका हर्कतको प्रमाण मेटाउने गरी कागजात मिलाउन लागेकाले १ महिना नाघिसक्दा पनि विवरण नबुझाएको हुन सक्ने स्रोतको भनाइ छ।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी, जसले गरे बोलपत्र संशोधन

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण

कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार

पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे

कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत

सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!

प्रकाशित :२०८१ कार्तिक २७, मंगलवार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry