कोरलामा अध्यागमन कार्यालयसञ्चालन, नेपाल-चीन व्यापार बढ्ने अपेक्षा

कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गण्डकी,१४ कात्तिकः गृहमन्त्री रमेश लेखक मुस्ताङको उपल्लो मुस्ताङस्थित नेपाल र चीन बीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बुधबार उद्घाटन गर्दै । तस्बिरः वासुदेव पौडेल÷रासस

काठमाडौं। मुस्ताङको उपल्लो भेगस्थित नेपाल–चीन सीमा रहेको कोरलामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ। बुधबार गृहमन्त्री रमेश लेखकले सीमामा कोरलाको स्तम्भ नम्बर २४ मा अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन्।

Advertisement 1

अध्यागन कार्यालय सञ्चालनमा आएसँगै यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने भएको छ। कोरोला नाकामा यसअघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्न पाउँथ्ये।

कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको छ। अध्यागमन कार्यालय सञ्चालनका लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा यसअघि नै पु¥याइसकेको छ।

Advertisement 2

कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ। गृहमन्त्री लेखकले अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने बताए। दुई देशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार वृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने मन्त्री लेखकले बताए।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

Advertisement 3

गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुुउपयोगी बन्ने विश्वास लिइएको छ। दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

प्रकाशित :२०८१ कार्तिक १४, बुधबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry