सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

काठमाडौँ, २ कात्तिकः संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल नेकपा (माओवादी केन्द्र,) रास्वपालगायत छ दलका शीर्ष नेताहरू शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा समसमायिक विषयमा बैठक बस्दै । बैठक प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्तरुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

Advertisement 1

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिए। ‘खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ’, नेता बस्नेतले भने।

Advertisement 2

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा. स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता थियो।

प्रकाशित :२०८१ कार्तिक २, शुक्रबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry