विकल पौडेल र उनकी श्रीमतिविरुद्ध विदेशी विनिमय अपचलनका राजस्व अनुसन्धानको मुद्दा

काठमाडौँ। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले दुवै जनविरुद्ध विदेशी विनिमय अपचलन गरेको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई विदेशी बैंकमा खाता खोली रकम जम्मा गर्ने गरेको पुष्ट भएको विभागको भनाइ छ। साथै श्रीमती बस्नेतलगायतको नाममा विदेशी बैंकमा स्वीकृति बिनै रकम जम्मा गर्ने गरेको पु्ष्टि भएको विभागले बताएको छ।

Advertisement 1

विभागका अनुसार पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्र, २०८० को एकीकृत इ.प्रा. परिपत्र १७/२०८० को दफा २ (ग) विपरीत कार्य गरी विदेशी विनिमय अपचलन गरेको विभागको भनाइ छ।

उनले कारोबार गरेको विदेशी मुद्रासमेतको जम्मा हुने ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा अपचलन गरेको विभागको भनाइ छ। अपचलन भएको उक्त रकम बिगो कायम गरी सोही ऐनको दफा १७ बमोजिम ३ गुणा अर्थात १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ जरिवानासहित सजायको मागदाबी गरी मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।

Advertisement 2

पौडेलकी श्रीमतीलाई विदेशी मुद्राको अवैध कारोबार गर्ने कार्यमा संलग्न देखिएको कसुरमा फरार कायम गरी १ करोड ५२ लाख ७० हजार ७४० रुपैयाँ बिगो कायम गरी त्यसको तीन गुणा अर्थात् ४ करोड ५८ लाख १२ हजार २२० रुपैयाँ सजाय मागदाबी गरिएको विभागको भनाइ छ।

प्रकाशित :२०८१ आश्विन १५, मंगलवार १७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry