खाद्य व्यापार कम्पनीको सीईओमा आचार्य
काठमाडौं। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश आचार्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। धादिङका उनी यसअघि नेपाल इन्ष्टिच्युट अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी प्रालिको सञ्चालक समितिको अध्यक्ष भएर काम गरिसकेका छन्।
Advertisement 1
यसअघि गत वैशाखमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रबन्धक नियुक्तका लागि आवेदन माग गरेको थियो। सोअनुसार १८ जनाले आवेदन दिएका दिए।
अन्तिम तीन जना प्रतिस्पर्धीमा आचार्यसहित भक्तपुरका गोपिकृष्ण न्योपाने र तनहुँका डिल्लीराम लम्साल थिए। लम्साल हाल कम्पनीको निमित्त प्रमुख कार्यकारी हुन्। यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले उमेर हदका कारण कम्पनीबाट बाहिरिनुपरेपछि उक्त पद खाली थियो।
Advertisement 2
सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको प्रमुखमा प्रकाशप्रसाद पोखरेललाई नियुक्ति गर्ने निर्णय गरेको थियो।