हवाई सुरक्षाका लागि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएका छन्। १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिएको उनले बताएका हुन्।

Advertisement 1

मन्त्री पाण्डेले बुधबार राति विज्ञप्ति जारी गर्दै अति जरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने बताएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ। यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेलमा पठाउन अनुरोध गरिएको छ।

प्रकाशित :२०८१ श्रावण २४, बिहीबार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry