सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै डेढ लाख रुपैयाँ
काठमाडौं। न्ेपाली बजारमा सुनको मूल्यले नयाँ रकेर्ड बनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँका उचाइमा पुगेको सुनको मूल्य आइतबार २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ७८५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ श्रावण २१, सोमबार ११:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%