मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम। निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ। नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ।

Advertisement 1

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्यांकी ४ हजार १ किलोलिटर क्षमताका दुईवटा ट्यांकी निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइपलाइन जडान कार्य पनि अन्तिम चरणमा पुगेको छ। परियोजनामा सरकारको १ अर्ब ५४ करोड रुपैयाँ तथा भारत सरकारको ६० करोड लगानी छ।

प्रकाशित :२०८१ श्रावण १८, शुक्रबार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry