कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

काठमाडौं। नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले नेपाल विद्युत् प्राधिकरणभित्रका ठेक्कापट्टा खरिद नियमावली विपरित रहेको बताएका छन्। संसद्को सार्वजनिक लेखा समितिमा शुक्रबार भट्टराईले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोप्रियताको उचाइमा प्राधिकरणभित्र गलत क्रियाकलाप गरिरहेका बताएका हुन्। लोकप्रियताकै आडमा प्राधिकरणभित्र भइरहेका गलत क्रियाकलापको ढाकछोप भइरहेको सांसद भट्टराईले बताए। ‘विद्युत् प्राधिकरणका कतिपय गितविधि र निर्णयहरु स्वार्थ बाझिने अवस्थाबाट अगाडि बढिरहेको हामीले सञ्चारमाध्यमबाट थाहा पाइरहेका छौं,’ भट्टारईले समितिमा भने।

Advertisement 1

सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरण र व्यवसायीबीचको डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादसम्बन्धी छलफल गर्न प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलगायतलाई बोलाएको थियो। बिहीबारदेखि सुरु भएको छलफल शुक्रबार पनि चलेको थियो। तर, छलफल भने निष्कर्षविहीन निस्केको छ।

सोही छलफलका क्रममा सांसद भट्टराईले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणभित्र गलत क्रियाकलाप गरिरहेको बताए। पछिल्लो समय बैतडी, बझाङ, रुकुमपूर्व र रोल्पामा विद्युतीकरण गर्न प्राधिकरणले आह्वान गरेको ठेक्कामा प्राधिकरण नेतृत्वको बदमासीले काम रोकिएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सार्वजनिक खरिद ऐनविपरित आफ्नै दाई एजेन्ट रहेको भारतीय कम्पनीलाई ठेक्का दिन खोज्दा उक्त ४ जिल्लामा पूर्वाधार निर्माणको काम एक वर्षदेखि अघि बढ्न सकेको छैन। सोही विषयलाई संकेत गर्दै सांसद भट्टराईले घिसिङले लोकप्रियताको उचाइमा गलत निर्णय गरिरहेका बताएका हुन्।

Advertisement 2

लोकप्रियताकै उचाइमा गलत कामको ढाकछोप भइरहेको भट्टराईको भनाइ थियो। ‘विद्युत् प्राधिकरणको नेतृत्वले राम्रो काम गरेको छ। त्यसले आफ्नो लोकप्रियता पनि बनाएको छ। एउटा संस्थालाई अन्तर्राष्ट्रिय हिसाबले पनि चिनाएको छ,’ भट्टराईले भने, ‘तर, मेरो प्रश्न के हो भने, यो लोकप्रियताको उचाइमा विद्युत् प्राधिकरणभित्र गलत क्रियाकलाप भइरहेको त छैन? त्यहाँका कामहरु खरिद नियमावलीअनुसार भएका छन् कि छैनन्? ठेक्कापट्टाहरु कसरी भएका छन्? लेनदेन कसरी भएका छन्?’

सांसद भट्टराईको भनाइ :

Advertisement 3

विद्युत् प्राधिकरणका कतिपय गतिविधि र निर्णयहरु स्वार्थ बाझिने अवस्थाबाट अगाडि बढिरहेको हामीले सञ्चारमाध्यमबाट थाहा पाइरहेका छौं। स्वार्थ बाझिने कुराहरु के के हुन्? त्यो प्राधिकरणका प्रमुखज्यु र सम्बन्धित पदाधिकारीहरुले बुझ्नुहुन्छ। स्वार्थ बाझिने गरी गरिएका निर्णयहरुसँग मेरो गम्भीर प्रश्न हुन्छ। यस्तो गर्न पाइँदैन। त्यसले गलत सन्देश जान्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ।

पक्कै पनि विद्युत् प्राधिकरणको नेतृत्वले राम्रो काम गरेको छ, त्यसले आफ्नो लोकप्रियता पनि बनाएको छ। विद्युत् प्राधिकरण भन्ने एउटा संस्थालाई राम्रो ढंगले चिनाएको पनि छ। अन्तर्राष्ट्रिय हिसाबले पनि चिनाएको छ। मेरो संका के हो भने, मेरो प्रश्न के हो भने, कतै यो लोकप्रियताको उचाइमा विद्युत् प्राधिकरणभित्र गलत क्रियाकलाप भएका छन्, त्यो हेरौं।

लोकप्रियताको उचाइमा कहिले हुन्छ यस्तो। ढाकछोप हुन्छ। व्यक्तिका लोकप्रियताको उचाइमा कहिलेकाँही गलत कार्यले प्रश्रय पाउने हुन्छ। कर्मचारी ठिक ढंगले चलेका छन्, कि छैनन्? त्यहाँका कामहरु खरिद नियमावलीअनुसार भएका छन् कि छैनन्? ठेक्कापट्टाहरु कसरी भएका छन्? लेनदेन कसरी भएका छन्? सेवाको खरिद कसरी भएको छ? कहिलेकाँही व्यक्तिको लोकप्रियताले यस्ता कुराहरु ओझेलमा पर्ने गर्छन्। त्यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ भन्ने कुरा म भन्न चाहन्छु।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

विद्युतमा २ अर्ब ३९ करोडको ठेक्का : ५४ प्रतिशत काम बझाङमा, सांसद जोशीको गम्भीर चासो

कुलमानमाथि छानबिन आवश्यक!

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन दातृ निकायकै खरिद निर्देशन उल्लंघन

प्रकाशित :२०८१ श्रावण ११, शुक्रबार १९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry