उद्योगमा दोहोरिँदै दामोदर भण्डारी

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी दोहोरिने भएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नै हुने गरी एमालेले मन्त्रीको टुंगो लगाएको छ।
Advertisement 1
यसअघि भण्डारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए। एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्न लागेका छन् ।
त्यस्तै पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ। देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री र विद्या भट्टराई शिक्षामन्त्री हुने गरी एमालेले मन्त्रीको टुंगो लगाएको छ।
Advertisement 2
त्यस्तै बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन्।
प्रकाशित :२०८१ असार ३१, सोमबार १०:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%