उद्योग मन्त्री भण्डारीले कर्मचारीलाई भने- ‘काम गर्न नियत नहुनेले मार्गप्रशस्त गर्नुस्’
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा काम गर्ने नियत नहुने कर्मचारीलाई मार्गप्रशस्त गर्न निर्देशन दिएका छन्। बिहीबार कम्पनीको अनुगमनका लागि पुगेका मन्त्री भण्डारीले उक्त निर्देशन दिएका हुन्। ‘कम्पनीमा सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ,’ उनले भने, ‘परम्परागत रूपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, मन्त्रालयबाट काखापाखा कसैलाई हुँदैन। काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस्।’
Advertisement 1
उनले कम्पनीको संरचनागत सुधार गर्न पनि निर्देशन दिए। मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित मन्त्री भण्डारी कम्पनीको अनुगमनमा निस्केका थिए।
तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकआपसमा गाभिए पनि कानुनी रूपमा देखिएको समस्या समाधानमा मन्त्री भण्डारीले चासो व्यक्त गरे। उनले नेपाली वस्तु उत्पादन तथा बजारीकरण गर्नसमेत कम्पनीका कर्मचारीलाई निर्देशन दिएको मन्त्री भण्डारीका स्वकीयसचिव आनन्दप्रसाद भट्टले लाई जानकारी दिए।
Advertisement 2
रासस