बढ्यो सुनको मूल्य, फेरि नाघ्यो तोलाको १ लाख ४० हजार

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो।

Advertisement 1

बिहीबारका लागि छापावाल सुनको मूल्यप्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँका दरले छापावाला सुन कारोबार भएको थियो।

बुधबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँका दरले कारोबार भएकोमा बिहीबारका लागि १ लाख ३९ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

Advertisement 2

त्यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ९ सय ३० मा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यसअघि यही वैशाख ३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको थियो। त्यसपछि वैशाख ६ गते १ लाख ४० हजार ९ सय रुपैयाँ, वैशाख ७ गते १ लाख ४१ हजार ८ सय रुपैयाँ, ८ गते १ लाख ४० हजार ६ सय रुपैयाँ र ९ गते १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित :२०८१ जेष्ठ १७, बिहीबार ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry