उच्च मूल्यबाट घट्यो सुन
काठमाडौं। नेपाली बजारमा सोमबार अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुन मंगलबारका लागि सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ।
Advertisement 1
यसअघि सोमबार छापावाल सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ रहेको थियो।
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला १ हजार ९४० रुपैयाँका दरले कारोबार भएको चाँदी मंगलबारका लागि १ हजार ८ सय ८५ रुपैयाँ कायम गरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ। त्यसैको असर नेपाली बजारमा पनि देखिको व्यवसायी बताउँछन्।