उपनिर्वाचनका लागि छापिदै दुई लाख मतपत्र

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ। इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।

Advertisement 1

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिने छ। मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा हुने छ। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।

बझाङ १ (१) मा ६१ हजार ७४८ मतदाता छन्। दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ। आयोगका प्रवक्ता पौडेलले इलाम प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्र हुने बताए। दुवै क्षेत्रको उपनिर्वाचनमा प्रयोग हुने मतपत्र सेतो पृष्ठभूमिमा रातो चिह्न र विवरण अङ्कित हुने छ। इलाम–२ मा १९ जना उम्मेदवार छन्। बझाङ १ (१) मा ११ जना उम्मेदवार छन्।

Advertisement 2

इलाम–२ मा १२ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार छन्। बझाङ १ (१) मा उम्मेदवारी कायम रहेका ११ जना नै दलीय उम्मेदवार छन्।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित :२०८१ बैशाख २, आईतवार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry