उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

 

Advertisement 1

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ । आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

Advertisement 2

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (१) मा आगामी बैशाख १५ गते मतदान हुनेछ । उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित :२०८० चैत्र २७, मंगलवार ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry