स्थानीय तहका २६ पद रिक्त, उपनिर्वाचन अनिश्चित
काठमाडौं । स्थानीय तहमा उपनिर्वाचन गर्नु पर्ने २६ पद रहेका छन्। निर्वाचन आयोगका अनुसार पछिल्लो पटक थप ३ जना वडाअध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो।
Advertisement 1
स्थानीय तहकाे उप निर्वाचनकाे मिति घोषणा हुन सकेको छैन। स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले घोषणा गर्ने कानुनी व्यवस्था छ।
हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने आयोगले जनाएको छ। दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
Advertisement 2
पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ।
आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख २, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष १ एक तथा उपाध्यक्ष २ र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन्। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको १/१ पद रिक्त छन्।
Advertisement 3
निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने घोषणा गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ।