प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् । प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ ।

Advertisement 1

धानमन्त्री प्रचण्डको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना रहेका छन् । जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका ८ जनालाई हटाइएको हो । हटाइएकामा जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्य, प्रेस संयोजक नारायणप्रसाद ढुंगानालगायत छन् । प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार रूपक सापकोटा, प्रमुख स्वकीय सचिव सन्तकुमार दरै, स्वकीय सचिव रमेश मल्ल र गंगा दाहाल भने यथावत् छन् । स्वकीय सहसचिव रहेका प्रेस विज्ञ मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल पनि जिम्मेवारीमै रहेका छन् ।

यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिवलगायत ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने महाशाखा र शाखाहरू घटाउन गृहकार्य भइरहेको छ । मन्त्रिपरिषद् कर्मचारीको कार्यसम्पादनमा प्रभावकारी बनाएर बढी परिणाम देखिने गरी परिणाम निकाल्न सचिबको विषयगत डेस्क तोक्ने र सूचना प्रविधि प्रयोग गरी काम चुस्त बनाउने तयारी छ । गत साता मन्त्रिपरिषद् बैठकले उक्त रणनीतिक योजनासहितको प्रस्ताव स्वीकृत गरेको छ ।

प्रकाशित :२०८० पुष २६, बिहीबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry