प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले किन दिए राजीनामा ?

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

Advertisement 1

गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ माघ ९ गते आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । उनले गत बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेलले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने आन्तरिक तयारीका साथ राजीनामा दिएको जनाइएको छ । ‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’, गजुरेलले भने । ‘पहिले राजीनामा स्वीकृत होस अनि त्यसबारे औपचारिक रुपमा भनौंला नि ‘ उनले भने ।

प्रकाशित :२०८० मंसिर २५, सोमबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry