प्रहरी निरीक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक(नामावलीसहित)

नेपाल प्रहरीको प्रहरी निरीक्षक पदका लागि लिइएको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक पदमा समावेशी प्रावधानअनुसार खुल्ला परीक्षा लिने चलन छ । गत असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।
प्रहरी निरीक्षकका लागि खुला तर्फ ८२ जना माग गरिएकोमा ११५ जना पास भएका छन् । यसैगरी अमर÷अशक्त प्रहरी परिवारकाबाट ३ जनाको माग भएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।यस्तै महिलाका लागि १३ जनाको माग भएको मा २१ जना छनौटमा परेका छन् । आदिवासी जनजातिबाट २१ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् । मधेसी तर्फ १८ जनाको माग भएकोमा ३२ जना छनोटमा परेका छन् । यसैगरी दलित कोटा तर्फ १० जनाको माग भएको थियो भने १५ जना छनौटमा परेका छन् । पिछडिएको क्षेत्रबाट ४ जनाको लागि माग भएकोमा १० छनोटमा परेका छन् ।

Advertisement 1

आयोगले अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित :२०७७ फाल्गुन ११, मंगलवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry