यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान

आर्थिक सर्वेक्षण २०७९/ ८० अनुसार सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थान नेपाल विद्युत प्राधिकरण बन्न सफल भएको छ ।

Advertisement 1

नेपाल टेलिकमलाई पन्छाउँदै प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको शीर्ष स्थानमा उक्लिएको हो ।उक्त अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसपछि, दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ राष्ट्रिय वाणिज्य बैंकले ४ अर्व २९ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ चौथों स्थानमा नागरिक लगानी कोषले ३ अर्ब १० करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छरहेको छ भने निक्षेप तथा कर्जा सुरक्षण कोषले पाँचौ स्थान सुरक्षित गर्न सफल भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब १ करोड ४९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो । निगमले गत आर्थिक वर्षमा ३८ अर्ब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा नेपाल एयरलाइन्स छ । नेपाल एयरलाइन्सले गत आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोरेको थियो । यसपछि, तेस्रो स्थानमा रहेको नेपाल खानेपानी संस्थानले ३९ करोड ५४ लाख रुपैयाँ घाटा बेहोर्दा दुग्ध विकास संस्थानले ३७ करोड घाटा बेहोरेको छ । यसैगरी, नेपाल औषधि लिमिटेडले १३ करोड ८७ लाख रुपैयाँ घाटा बेहोरेको अर्थ मन्त्रालयले जनाएको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा रहेको र १९ वटा भने घाटामा रहेको छ ।

Advertisement 2

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry